close

म होइन शैतान

सिरेन वान्तवा

भुल्यौ तिमीले
मैले भुल्न सकिन
उज्यालोभरी अँध्यारोभरी
ऐँठन लाग्छ सपनाभरी
पन्सिन पनि सक्दिन ।
सम्झनाको देरालीबाट भञ्ज्याङ झरे
तिम्रो मायाको छुराले मेरो मुटुलाई
टुक्रा टुक्रा पारेर
सबै तिमीलाई नै दिए
रहलपहलका टुक्राहरू लैजानु भने
तातो रगतसँगै धेरै धेरै हतारले
तिम्रो भागमा सारे
त्यो भन्दा पनि हतार गरेर कताकता
हिँडि जान्थ्यौ तिमी ।
आफ्नो मुटुको रगतले
मातेर बौलाहा भए
रक्तपातको उत्तेजनाले
साँझसम्म दुखेःको मुटु काटिरहे
फतक्क नगलेसम्म घोची रहे
तुरुन्तै मलाई ससाना विगतहरू
आएर सोध्छन्
के तपाई शैतान हुनुहुन्छ ?
शैतानले मुटु खाँदोरहेछ
म मुटु काटेर दिने मान्छेले
कसरी हो भन्न सक्छु ?
उहिलेउहिले शैतान
कस्तो होला भन्थे
आकाशमा पसेको छ सोच्थे
धर्तीका लुकेको सम्झिन्थे
त्यो त केवल भ्रममात्र रहेछ
मेरो तातो रगतसँग मुछिएको
आलो मुटु दिए
जस्ले खाँदो रहेछ मुटु
पोहेरको उपियाँ जस्ता
असली शैतान रहेछ ।

Leave a Response