close

tips

धन्न ! जयपति जत्ति पनि हुन सकेनौ !

साम्ब ढकाल

जयपति ओडारमा जन्मे
ओडारमै मरे ।

जयपतिको पुस्ता दरपुस्ताको वास किन ओडारमा कसैले सोधेन
खाइस् कि खाइनस् त्यो पनि कसैले सोधेन
जयपतिको सरकारभन्दा ओडारप्रति निक्कै विश्वास थियो
जयपतिको ओडार धर्ती र आकाश थियो ।

सरकारले बाँडेको कुनै सहयोग जयपतिले लिन मानेनन्
खोस्री रहे पाखा पखेरो ÷ढुड्यान गेग्रान
खोजी रहे गिठा भ्याकुरका गाँठाहरू
ओडारभन्दा निकम्मा लाग्यो जयपतिलाई सरकारका सुख सुविधा
सरकारलाई जयपतिले गरिब छ भनिरहे
ओडारबाट सरकारको नाडी छामी रहे ।

ओडारभन्दा नजिक जयपतिको केही भएन
ओडारभन्दा टाढा सरकारलाई केही लागेन
जयपतिको आँखाबाट आँसु झरिरहँदा
देशले थापिरह्यो योजना आयोगको फाइलको कचौरामा
मात लाग्ने गरी पियो तनतनी ।

जयपतिको आँसुको मात लागेर सरकार लड्खडाएको छ
कतै केही देख्दैन न ओडारै देख्छ
न देख्छ जयपतिलाई ।

जयपतिको अनुहारको मुजा बेच्न देश देशावर डुल्छ सरकार
फर्केर आउँदा जयपतिलाई बिर्सिसक्छ ।

जयपतिका नाममा सत्ताको भ¥याङ चढ्नेहरूले खुब बेचे सपनाहरू
जयपतिको ओडार हरेक चुनावमा फेरिने कसम बन्छ
चुनावपछि ओडारको सिरिखुरी जयपतिको भागमा पर्छ
ओडारभन्दा पर अर्को देश छैन
धर्तीभन्दा अर्को माटो छैन ।

ओडारमा नफर्कन ओडारबाट निस्केका हैनन् जयपति
ओडारको विकल्पमा ओडारमात्र जयपतिको भागमा परेको छ
सरकारी ओडारको भर नहुँदा आफ्नै ओडारमा फर्केका जयपति
जयपतिका लागि अब कुनै ओडारको आवश्यकता छैन
जयपतिलाई अब कुनै ओडार चाहिएको छैन ।
(भार्ता गाविसका १०५ वर्षे जयपति प्रजा सरकार गरीब छ भनेर सरकारी भत्ता नलिने जेष्ठ चेपाङ् हुन् । उनको ओडारमै मृत्यु भयो । )

read more

सिद्दिको चिनो

— भवानी तावा साँच्चै, मैले–शास्त्रको फेदबाटआख्यानको बीचबाटउपाख्यानको अन्त्यबाटआफ्नै परिवेशको अँध्यारो हेर्दा–हेर्दाटुहुरो ⁄ निरीह ⁄ र उत्पीडित ⁄सवल जिन्दगीलाईभोकैतिर्खैकोपरिवेशबाट उठाएरचिसो भासबाट बाहिर निकाल्नबैंसका उल्लासहरू बटुलिरहेको छु
read more