— भवानी तावा
साँच्चै, मैले–
शास्त्रको फेदबाट
आख्यानको बीचबाट
उपाख्यानको अन्त्यबाट
आफ्नै परिवेशको अँध्यारो हेर्दा–हेर्दा
टुहुरो ⁄ निरीह ⁄ र उत्पीडित ⁄
सवल जिन्दगीलाई
भोकै
तिर्खैको
परिवेशबाट उठाएर
चिसो भासबाट बाहिर निकाल्न
बैंसका उल्लासहरू बटुलिरहेको छु ।
पञ्चभलाद्मी ⁄ सज्जन ⁄ भद्र महिला ⁄
– सबैका रक्षक
देवारी ⁄ शास्त्री ⁄ झाँक्री हो ⁄
अब आफ्नै बोधताको हत्केला माथि
अक्षता लडाउँदैछु
जोखना हेर्दैछु
र, बैंसको सिद्दी माथि
पूजाका लासोहरू कुल्चेर
दृष्टिहीनहरूको उज्यालो ल्याउँदैछु ।
तर – मनको डोरोमा
जून÷घामको सिद्धजल वरिपरि
कस्को सिद्दी ढल्दैछ
कस्को यौवन ओइलदैछ ?
अहिले पनि मैनाम्हरूलाई खेलाएर
जोखना खुट्याउँदैछु
कम्पनको आत्मशक्तिले हंसहरू केलाउँदैछु ।
सातो÷हंसहरू हो ⁄
बैंस ढलेकाहरूले सडक छाडेर भाग ।
उँधो÷उँभोका कुनाहरूमा लुक ।
म ⁄ जोखनाले मातें
मृतात्माहरू हट÷भाग–
अब नाच्दैछु
किट÷पतङ्
कमिला÷भ्यागुता
कता मर्छौ– कता बाँच्छौं ?
शक्तिले म दृष्टिहीन मातें ।
कसैको मन दुखे आफैं पिरलिन्छ
उदास बन्छ
कल्पनामा खेल्दाखेल्दै आफैं मर्छ ।
तर, आत्मशक्ति निर्भर आफैं अघाउँछ
जतै पनि बासमा सुत्छ
जतै पनि निर्भरतामा बाँच्छ ।
हो, म ⁄ साँच्चै आत्माचेतले उचालिएको छु–
र, उत्पीडन÷पीडकहरू उचालेर पछार्दैछु
सिद्दीका प्रतीकहरूलाई निर्वाध उठाउँदैछु ।
अनु– थाम्सुहाङ पुष्प सुब्बा