नारायणप्रसाद थपलिया
विछोडको पीडाले नै दुख्छ चर्की छाती
यहीं पीडा नै कर्म खेलको बन्दो रैछ साथी
कैले हुन्छ विछोडमा रमाईलो र राम्रो
कुन् संयोगले नै नजिक पा¥यो जीवनलाई हाम्रो
कहिले काहीं चस्स घोच्छ मुटु दुख्ने गरी
शरीर पनि सबै भिज्यो बर्सी आँसु झरी
खाँदा बस्ता एक भई बस्यो मिलिजुली
साथी भाइ छुटौं अब भए रिस राग फाली
गल्ती भए माफ दिनुहोस् स्वीकार छ मलाई
यो पीडाले थकित पा¥यो हातखुट्टा गलाई
अब सबै मित्र भावको गाँठो दह«ो कसौं
प्रेम सद्भावको मित्रतामा सधैं एक भई बसौँ ।