– घनबहादुर थापा आँसु हैन तिमीसँग हाँसो साट्न खोजेको छु हजारौंमा एक सम्झी तिमीलाई नै रोजेको छु आकाश खसोस् धर्ती फाटोस् घाम रोकियोस् चाहे जून रोकियोस् तर हाम्रो माया कहिल्यै नफाटोस्, यो प्रेम यात्रा कहिल्यै नरोक्कियोस् कति आए धुपी सल्ला कति धाए मखमली सूर्यमुखी बन्दै कति गरे यहाँ ढलमली स्वार्थ हैन स्वच्छताको डोरी बाट्न खोजेको छु
– साम्ब ढकाल जयपति ओडारमा जन्मेओडारमै मरे । जयपतिको पुस्ता दरपुस्ताको वास किन ओडारमा कसैले सोधेनखाइस् कि खाइनस् त्यो पनि कसैले सोधेनजयपतिको सरकारभन्दा ओडारप्रति निक्कै विश्वास थियोजयपतिको ओडार धर्ती र आकाश थियो । सरकारले बाँडेको कुनै सहयोग जयपतिले लिन मानेनन्खोस्री रहे पाखा पखेरो ÷ढुड्यान गेग्रानखोजी रहे गिठा भ्याकुरका गाँठाहरूओडारभन्दा निकम्मा लाग्यो जयपतिलाई सरकारका सुख सुविधासरकारलाई
– उपेन्द्रप्रसाद मैनाली तिमी जन्मेको र सालनाल गाडेको देशको माटो यही होमुटुमा हात राखेर भनिदेऊ– हो यहीँको माटोस्वाधीन माटोमा किन पराधीन मन ?देशको सिमानासम्म पुगेर एक अँजुली माटो हातमालिएर बेस्सरी मुठ्ठी कसपश्चिम फर्केर देश र माटोको सलामी लेऊकेवलनियालेर हेर– आमाको मुटुमा किल्ला गाड्ने दुश्मनहरू देख्नेछौयो उसका लागि स्पष्ट सन्देश र चेतावनी हुनेछअब उप्रान्त मेरो देशमा
– मलिसा याक्थुङ्बा लिम्बू ‘सुन है ......., लुङ्बोःङ्बा, खाम्बोःङ्बा, हिःङ्गु, हेःन्या, कात्ता?वा, नाम्यो ? बा, चिए:प्पा, थल्लङ्, माःङगा ? इहरूले दुःख नदेऊ । तिमीहरूको लागि शीरमा पाँच पैसा, आठ घोडा र पैतलामा पाँच पैसा, नौ घोडा किन्यो है ... ।’ खिन्द्रिःङ् लिङ्लिङ् खाल्डोभित्र डलर सङ्गीतमा चकमन्न चिहानमाथि उभेर मैनाचरी कराउँदै थिए मेरो अगाडि म कसैको