Summary
8.1 tech score Rent the size our more door. Years no place abode in no child my. Man pianoforte solicitude too friendship devonshire ten ask. Course sooner its silent but formal she breakfast.
– घनबहादुर थापा
आँसु हैन तिमीसँग हाँसो साट्न खोजेको छु
हजारौंमा एक सम्झी तिमीलाई नै रोजेको छु
आकाश खसोस् धर्ती फाटोस् घाम रोकियोस् चाहे जून रोकियोस्
तर हाम्रो माया कहिल्यै नफाटोस्, यो प्रेम यात्रा कहिल्यै नरोक्कियोस्
कति आए धुपी सल्ला कति धाए मखमली
सूर्यमुखी बन्दै कति गरे यहाँ ढलमली
स्वार्थ हैन स्वच्छताको डोरी बाट्न खोजेको छु
पूर्णिमाको जून सम्झी तिमीलाई नै रोजेको छु
कति घुमेँ खण्डहर भेटिन्छ कि रारा भनी
कति जागेँ रातभर आकाशका तारा गनी
यस्तो त्याग तपस्याले तिम्रो आधार खोजेको छु
जूनीजूनी साथै बस्न तिमीलाई नै रोजेको छु