close

खुसीको दिन

– मलिसा याक्थुङ्बा लिम्बू

‘सुन है …….,
लुङ्बोःङ्बा, खाम्बोःङ्बा, हिःङ्गु, हेःन्या, कात्ता?वा, नाम्यो ? बा, चिए:प्पा, थल्लङ्, माःङगा ? इहरूले दुःख नदेऊ ।
तिमीहरूको लागि शीरमा पाँच पैसा, आठ घोडा र पैतलामा पाँच पैसा, नौ घोडा किन्यो है … ।’
खिन्द्रिःङ् लिङ्लिङ्
खाल्डोभित्र डलर सङ्गीतमा
चकमन्न चिहानमाथि उभेर
मैनाचरी कराउँदै थिए मेरो अगाडि


कसैको कारण मरेको थिएँ
माटोमुनि बास बसेजस्तै
कुनै कसैको अनुहार नहेरी
आकाशमाथि उडेजस्तै
तन र मनहरू
धेरै टाढा–टाढा ब्रम्हाण्डभित्र
फिका बादलजस्तै उडेँ
काराःङ्वा ? जस्तै
पीडाभित्र कोइली रोएजस्तै
यायावरी चराहरू जस्तै

आकाश उकुसमुकुसिएर
कालो बादलसँगै गड्याङ्गुडुङ्ले
मनतरङ्ग फटाउँदै लग्दै थिए
माटोमुनि खाम्भेÞ न्दःक्नाको
सुखी जीवनको युद्धले
मनहरू काँप्दै थिए मैनाचरी धुनले
मेरो माटोमा
ज्वालामुखी, भूकम्प, सुनामी, निलोफर पीडाले
म बसिरहेको छैन, मरेजस्तै
अप्रेम यातना पाइरहेको थिएँ ।
हिङ्गु, हेन्या, माःङ्गा?इ जीवन
शीर निहुराउने मन्दिरहरू
मुक्तिनाथ, मालिका चुपचाप
हलेँसी, पाथीभरा मौन थिए
अदेखा मेरा कात्ता ? वा पीडाहरू
अनि चिएÞःप्पा थल्लङ् जिजीविषाहरू

कोइली दारुणविहीन
सानो सर्पले ठुलो भ्यागुताको
सानो भ्यागुताले ठुलो फटेङ्ग्राको
प्राणपखेरु झैं मेरो माटो
र खाम्बोःङ्बा पीडाहरू निलिँदा
हेरिरहे देउताहरूले
र देखेनन् मैनाचरीले
मेरो लुङ्बोःङ्बा कथानकताहरू ।

यो बेला
मेरो लुङ्बोःङ्बा खाम्बोःङ्बा पीडाहरू
अनि हिःङ्गु हेन्याका आत्मभेदीताहरू बुझेर
चिएÞःप्पा, थल्लङ्का असैह्यता
र माःङ्गा ? इ पीडाबोधहरू स्पर्श गर्दै
कोइलीको दारुण अनि करुणास्वरले
ताजुप माटोका देउताहरू उठाउँदै
ब्रम्हाण्ड प्रकृत फेरि जगाउँदै
चन्द्रसूर्य ब्युझाउँदै
मैनाचरीको रातगेयताबिच
ज्वालामुखी धुँवासँगै
आकाशको कालाबादल लड्कारेर
मृत्युजितको पञ्जनी लिँदै
आज
म खाम्भेÞन्दःक्नाको
पराजितमा जीत निकालेको छु
मृत्यु साटेको छु माटोमा
जन्म भेटेको छु माटोमा
र खुशीको राग गाइरहेछु म ।

खुशी मैनाचरीको म
मनितो कोइलीचरीको म
हिमाल, पहाड र तराईको
मञ्जुरनामा लिँदै
तेत्तीसकोटी नागनागेनी भरपाई राखेर
बेइमानी समाजमाथि
स्वाभिमानले जित्दै छु मेरै माटोमा
बाँच्न मृत्यु जित्दै छु मेरै माटोमा ।
यसर्थ म
बाँच्छु माटोसँग अहिले
सुन्दर चाँदमा सौन्दर्यताको रेखी लिएर
माटोमुनि सुनबस्ती फेर्दै
मैनाचरी सुताएर
कोइलीचरी रत्याएर
बङ्कर समाजलाई जितेको अनुभूत
भइरहेछ सम्झना आज
त्यो दिन, खुशीको दिन ।

केही शब्दार्थ
१, खाम्भÞेन्दःक्ना ः– लिम्बू (याक्थुङ्) शास्त्रमा खाम्भेन्दःक्ना भन्नाले माटोमुनि बस्ने एकप्रकारको काल्पनिक मानवजाति हुन् । तिनीहरू हदै मसिना, पुड्का, र होचा हुन्छन् । जादुमय हावासरी हिँड्ने र बस्ने माटोमुनिका शक्तिशाली मानवहरू हुन् । यी जातिहरू ‘लुङ्बोःङ्बा, खाम्बोःङ्बा, हिःङ्गु, हेन्या, चिएÞःप्पा, थल्लङ्,
माःङ्गा ? इ, नाम्यो ? बा, कात्ता ? वा’ जातहरूमा विभाजित छन् । यिनीहरू याक्थुङ् (लिम्बू) शास्त्रहरूमा पाइन्छन् ।
२, काराःङ्वा ? ः– चैत वैसाख महिना आकाशमा हिमालतिर उडेर जाने एक प्रकारको पन्छी ।

Leave a Response