— निरन्तर गौतम
एक चौथाई
अलि रात छिप्पि सकेपछि ब्रह्मदेव उपाध्याय थाकेका पाइलाहरूसँग घरमा प्रवेश ग¥यो । घरमा चकमत्र अँध्यारो देखेर अलिक जोडले कराउँदै सोध्यो, –“चम्पा ! ए चम्पा ! कहाँ छ्यौ तिमी ? घरमा किन यति अँध्यारो ?”
–“जसको जीवन नै अँध्यारो द्वीप भइसकेको छ, त्यसको लागि के अँध्यारो….के उज्यालो ?” चम्पाको स्वर सुनियो ।
–“किन ?” के भयो त्यस्तो ? आज किन यस्तो कुरा गरेकी हँ ?” ब्रह्मदेवको स्वर काम्यो ।
….. यस प्रश्नको जवाफमा मौनता देखियो । कहीँ कतैबाट कुनै शब्द सुनिएन । एक छिनपछि चम्पाको स्वर सुनियो–
–“ …ल्याऊ… हातमा राख खुरुक्क पैसो…।”
ब्रह्मदेवले सबै उधारो–सापटी तिरेर बाँकी रहेको केही रुपियाँ श्रीमतीको हातमा राखिदियो । चम्पा गत्र थाली…एक..दुई…तीन…चार….!
–“बस, चार सय…. मात्र !” त्यसपछि फेरि मौनता छायो… स्तब्धता पनि ।
–“यो त…!” चम्पाको स्वर निस्किनु अघि नै ब्रह्मदेवले भन्यो, –“ आधी पनि छैन…! यही भत्र खोजेकी हैनौ तिमी ?”
–“अनि ?” चम्पाले भनी, –“म त आधा आकाश हुँ नि !
–“आधा किन पूरा हौ…तर !” ब्रह्मदेवले भन्यो ।
–“अनि, यो के त ? चम्पाले आश्चर्यमिश्रित स्वरमा भनी ।
–“पूरा आकाशको एक चौथाई….. गरिबी र दरिद्रताको ढुङ्गामुनि थिचिएको तिम्रो मेरो जीवन रूपी आकाश…. अर्थात् एक चौथाई ।
त्यसपछि कोही केही बोलेनन् । एक अर्कातिर हेर्न थाले…निरीह… भावहीन…!
बाङ्गीएको कुर्सी
जग्गा किनबेँचको सिलसिलामा मालपोत र भूमिसुधार कार्यालय धाउँदाधाउँदै आजित भइसकेका रामेश्वर चौधरीको धैर्यताको बाँध टुट्यो । उनी एक दिन अलिक बढी नै क्रोधित भएपछि हाकिमको कोठामा आँधी हुरीजस्तो पसे र भने–
–“होइन ! यतिका दिन भइसक्यो….धाएको… धाउँदाधाउँदै म थकित भइसकेँ । आज हजुरले स्पष्ट रूपमा भत्रु प¥यो– मेरो काम हुन्छ वा हुँदैन ?”
–“कस्तो कुरा गर्नु भएको ? मै मात्र छु र यो अफिसमा ?” उनको कुरा सुनेर हाकिमले झर्कदै भने । रामेश्वर चौधरी केही बोलेनन् ।
“काम गर्ने त फाँटवाला, विभागीय प्रमुख छँदै छन् नि ! जानुस्,
तल फाँटवालासँग सम्पर्क गर्नुस् ।” हाकिमले भने ।
यो कुरा सुने पछि रामेश्वरलाई आफ्नो काम आज पनि नबन्ने भो भन्ने लाग्यो । यसपछि उनले भने –“ सर, यसमा तपाईँको कुनै दोष छैन । तपाईँ त पढेलेखेको विद्वान् हाकिम हुनुहुन्छ … तर यो सारा गल्ती बाङ्गिएको कुर्सीको हो । सोझो काठलाई बङ्ग्याएर बनाइएको कुर्सीमा बसेको कारणले गर्दा नै तपाईँको बुद्धि पनि बाङ्गिएको कुर्सीझैँ बाङ्गिएको छ ….अरू केही होइन !”
हाकिमले आँखा तरेर हेरे । रामेश्वर चौधरीले साहस जुटाएर उनीसँग आँखा जुधायो ।
— फुलवारी टोल, वीरगन्ज–११, पर्सा