close

गीत

गोविन्द विनोदी

तिम्रो माया छातीभरि सजाएर राख्छु आमा
तिम्रो नाउँको ज्योति सधैँ जगाएर राख्छु आमा

विदेशीको छाया कैल्यै यो माटोमा पर्न दिन्नँ
कसैलाई काँडा मैले यो बाटोमा छर्न दिन्नँ
नेपालीको स्वाभिमानलाई बचाएर राख्छु आमा
तिम्रो नाउँको ज्योति सधैँ जगाएर राख्छु आमा

हिमाल पहाड तराई म जहाँ जाऊँ धर्ती यौटै
जुन जातको भए पनि मैले लाउने पिर्ती यौटै
यो जातीय सद्भावलाई उठाएर राख्छु आमा
तिम्रो नाउँको ज्योति सधैँ जगाएर राख्छु आमा

सम्म पारी फोर्नुपर्नै यहाँ कैयौँ टाकुरा छन्
तीन करोड नेपालीका छ करोड पाखुरा छन्
आफ्नै श्रमले यो भूमिलाई रँगाएर राख्छु आमा
तिम्रो नाउँको ज्योति सधैँ जगाएर राख्छु आमा

तिम्रो माया छातीभरि……..

Leave a Response